भूमिसम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित

५ भाद्र २०८२

काठमाडौं । भूमिसम्बन्धी विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको संशोधन प्रस्ताव सरकारले स्वीकार गरेपछि विधेयक पारित गरिएको हो । नेकपा (माओवादी केन्द्र)का सांसदले फरक मत लेख्ने भन्दै शुक्रबारसम्मको समय मागेका थिए ।

तर, समितिबाट विधेयक पारित गरिएपछि फरक मत नराखी माओवादी सांसदहरू बाहिरिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पनि असहमति राखेर बैठकबाट बाहिरिएका छन् ।