गृहमन्त्रीले मात्र राजीनामा दिएर हुन्न, प्रधानमन्त्रीले पनि दिनुपर्छ भन्दै एमालेबाटै उठ्यो ओलीको राजीनामा माग

२३ भाद्र २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला नेकपा एमालेकी एक नेतृले प्रधानमन्त्रीको राजीनामा मागेकी छन् । जेनजी पुस्तामाथि सरकारले गरेको दमनको प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने भन्दै नेतृ उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी हुन् ।

उनले भनेकी छन्, ‘गृहमन्त्रीले मात्र राजीनामा दिएर हु्न्न । प्रधानमन्त्रीले पनि दिनु पर्दछ ।’