नयाँ बानेश्वर प्रहरी वृत्त मर्मत सम्भार तथा पुनर्निर्माणका लागि समिति गठन

२३ आश्विन २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको नयाँ बानेश्वर प्रहरी वृत्त मर्मत सम्भार तथा पुनर्निर्माणका लागि समिति गठन भएको छ । रमेश श्रेष्ठको सयोजकमा १५ सदस्यिय समिति गठन भएको हो । समितिको सह सयोजकमा रमेश गौतम, सदस्य सचिवमा नविन लुइटेल र कोषध्यक्षमा सुदिन केसि रहेका छन् ।

सदस्यहरुमा उज्ज्वल के.सि., रमेश श्रेष्ठ, यादव प्रसाद रोग्मी, विष्णु बहादुर के.सि., कमल अर्चार्य, बसन्त कुमार श्रेष्ठ, निल प्रसाद घिमिरे, डिआर पोखरेल र विवस सापकोट रहेको छन् ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको नयाँ बानेश्वर प्रहरी वृत्तमा पुनर्निर्माणको कार्य भइरहेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोड भएको नयाँ बानेश्वर प्रहरी वृत्तको पुनर्निर्माण, सरसफाई तथा रंगरोगनको काम हाल भइरहेको छ ।

क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा वृत्तलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप पुनर्निर्माण कार्य थालिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाले बताउनुभयो ।