त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा भारत २–१ गोल अन्तरले पराजित

११ कार्तिक २०८२

काठमाडौं । त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा सोमबार साँझ भएको खेलमा नेपालले घरेलु टोलीमाथि २–१ गोल अन्तरले जित निकालेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी (साम्बा)ले दुई गोल गरिन् । साम्बाले खेलको दोस्रो र ६३औ मिनेटमा गोल गरिन् । खेलको ८१औं मिनेटमा भने भारतले एक गोल फर्कायो ।