निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिको स्वीकृति
१२ मंसिर २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् । केही दिनअघि सरकारले निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: