चौथोपटक मन्त्रिपरिषद विस्तार, नवनियुक्त चार मन्त्रीले लिए शपथ
२७ मंसिर २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले चार मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त चार जना मन्त्रीहरूले शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएका छन् । श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले शपथ लिएका हुन् ।
श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ । इङ्नाम अधिवक्ता हुन् भने चौलागाईं जनस्वास्थ्यविद् हुन् । उनले कर्णालीबारे ‘सपादलक्ष कर्णाली’ नामक पुस्तक लेखेका छन् । त्यस्तै भण्डारी पूर्वएआईजी र श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी हुन् । अब कार्की नेतृत्वको मन्त्रिपरिषद १४ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्: