समानुपातिकतर्फको बन्द सूची बुझाउन दलहरुलाई चटारो
१४ पुष २०८२
काठमाडौं । २१ फागुनको निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भिड बढ्न थालेको छ । समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज दुई दिनको समय दिइएको थियो ।
फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म नेकपा मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चासहितका पाँच दलले समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् । ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपासहितका दलले सूची बुझाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्: