बोलोचौक एजुकेशन एकेडेमीद्वारा शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रम सम्पन्न
झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा अवस्थित बोलोचौक एजुकेशन एकेडेमीद्वारा आयाेजित शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रम अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। एकेडेमीले शैक्षिक भ्रमण तथा वनभाेज कार्यक्रम शिवसताक्षी नगरपालिका १० मा पर्ने पर्यटकीय स्थल दाेमुखामा सम्पन्न गरेकाे हाे । पूर्वपश्चिम राजमार्गदेखि करिब साढे ३ किलोमिटर उत्तर चुरे पहाडको फेदमा रहेको प्राकृतिक छटाले भरिपुर्ण रहेकाे दोमुखा क्षेत्रमा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावक लगायत संस्थाका सहयाेगीहरूसमेत गरी ८० जना भन्दाबढीको उल्लेखनीय सहभागिता देखिएको थियो।
विद्यार्थीहरूले दाेमुखा क्षेत्रकाे विभिन्न आकर्षक स्थलहरू अवलोकन, मनोरञ्जनात्मक क्रियाकलाप तथा स्थानीय पर्यटनस्थलहरूको सौन्दर्य नजिकैबाट अनुभव गरेका थिए । वनभोजमा गीत, नृत्य तथा समूहगत रमाइलोले वातावरण झनै उत्साहपूर्ण बनेको थियो।
यस्ता शैक्षिक भ्रमणहरूले विद्यार्थीहरूको पाठ्यज्ञानलाई व्यवहारिक जीवनसँग जोड्दै उनीहरूमा अन्वेषणशीलता, अनुशासन, समूह भावना, परिवेश बुझ्ने क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्न ठूलो योगदान पुर्याउने एकेडेमीका प्रिन्सिपल मनाेज कुमार शाह बताउँछन् ।
यस्तै, मनोरञ्जन र व्यवहारिक ज्ञानको समिश्रण सहित सम्पन्न भएको बाेलाेचाैक एजुकेसुशन एकेडेमीको शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रम सफल, अनुकरणीय र प्रभावकारी रूपमा सम्पन्न भएको अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार शाहले जानकारी दिएका छन् ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा संस्थाका साथीहरू प्रति अध्यक्ष डाक्टर शाहले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे । यस्ता शैक्षिक भ्रमणहरूले विद्यार्थीहरूको व्यवहारिक ज्ञान वृद्धि हुनुका साथै उनीहरूमा समूह भावना, आत्मविश्वास तथा प्रकृतिप्रतिको प्रेम थप मजबुत बन्ने डाक्टर शाहकाे अपेक्षा छ। शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रमकाे संयाेजकत्व भने चन्द्र सेखर श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: