म्याक्सिम्स बैंक्वेटमा कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति बैठक
२ माघ २०८२
काठमाडौँ । गगन थापा नेतृत्वको नवनिर्वाचित नेपाली कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । ललितपुरको म्याक्सिम्स बैंक्वेटमा बैठक सुरु भएको हो । बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ ।
विशेष महाधिवेशनले थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । संस्थापन पक्षले थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको थियो ।
संस्थापनपक्षले निष्कासन गरेपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बैठकपछि आधिकारिकताको विषयमा निर्वाचन आयोग जाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्: