गगन थापाको नेतृत्वमा चुनावी घोषणा पत्र निर्माण समिति गठन

२ माघ २०८२

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले चुनावी घोषणा पत्र निर्माण समिति गठन गरेको छ । बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति गठन गर्ने निर्णय गरेको हो ।

प्रवक्तामा देवराज चालिसेले बैठकले सभापति थापाको नेतृत्वमा चुनावी घोषणा पत्र समिति गठन गरेको जानकारी दिएका छन् । त्यस्तै बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।

प्रवक्ता चालिसेले निर्वाचन आयोगमा अध्यावधिक गर्ने, समानुपातिक सूची सच्याउने र आयोगमा हस्ताक्षर गर्ने व्यक्तिको नाम परिवर्तन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।