पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन आयोगलाई सभापति थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वबारे निर्वाचन आयोगमा अद्यावधिक विवरण पेस गरिएको छ । बिहीबार विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापालगायतको टोली आयोगमा पुगेर विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।
सभापति थापाले कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विवरण अद्यावधिक गर्न पार्टीका निर्णयलगायतका काजजात बुझाएका छन् ।
त्यसक्रममा सभापति थापाले निर्वाचनको समय नजिक आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् । उनले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधानको व्यवस्था अनुसार महाधिवेशन भएको अवगत गराएका छन् ।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन गर्नुपर्ने भएकाले चाँडो भन्दा चाँडो विवाद टुंग्याइदिन आयोगलाई उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: