एमालेको सचिवालय बैठक शनिबार बस्ने, उम्मेदवार टुंग्याउने तयारी

३ माघ २०८२

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जानकारी दिए ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले शनिबार उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।