महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको ट्रफी सार्वजनिक

४ माघ २०८२

काठमाडौँ । आइतबारदेखि नेपालमा शुरुहुने आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । ग्लोबल क्वालिफायरमा १० देशका कप्तानसहित ट्रफी शनिबार सार्वजनिक गरिएको हो ।

आइतबार प्रतियोगिताको पहिलो दिन चार खेल हुँदैछन् । जस अनुसार नेपालले थाइल्याण्डको सामना गर्दै छ भने यो खेल त्रिवि क्रिकेट मैदानमा हुँदैछ । त्यस्तै अपर मुलपानी क्रिकेट मैदानमा अमेरिका र बंगलादेश खेल्दैछन् ।

त्यस्तै आजै अर्को खेल जिम्बाबे र नेदरल्याण्डस त्रिवि क्रिकेट मैदानमा खेल्दैछन् भने अपर मुलपानी क्रिकेट मैदानमा आयरल्याण्ड र पीएनजी खेल्ने तालिका रहेको छ ।

क्यानले दर्शकका लागि निः शुल्क प्रवेश हुने जानकारी दिएको छ । जनवरी १८ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् ।