गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने कांग्रेसको निर्णय
१० माघ २०८२
काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बैठकका उपसभापति शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावलाई बैठकले पारित गरेको चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: