गगन थापाले सर्लाही -४ का लागि ल्याए प्रतिज्ञा पत्र

११ फाल्गुन २०८२

काठमाडौंँ । नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार गगन थापाले सर्लाही ४ का लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

सोमबार सभापति थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, कृषि उत्थानलगायतका मुद्दा अघि सारेका छन् ।