दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
१२ फाल्गुन २०८२
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईँलाई रिहा गर्न आदेश दिएको हो।
उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । चुनाव भाँड्न लागेको भन्दै प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: