इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित
२५ फाल्गुन २०८२
इलाम । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन् । राई १४ हजार ५ सय ४३ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याएका छन् भन नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत ल्याएका छन् । त्यस्तै रास्वपा उम्मेदवार विमल गदालले ९ हजार १ सय ६० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्: