गगनको राजीनामा अस्वीकृत गर्ने पक्षमा कांग्रेसका केन्द्रीय सदस्यहरु

८ चैत्र २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा निर्वाचनको समीक्षा र पार्टी सभापति गगन थापाको राजीनामाको विषयमा केन्द्रित छ ।

जारी बैठकमा आइतबार दिउँसोसम्म ४६ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । धारणा राख्ने सबै केन्द्रीय सदस्यले सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने बताएका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बोल्ने क्रम आज साँझसम्म सकिने उनले बताए । निर्वाचनमा पराजय भोगेपछि सभापति थापाले नैतिकताका आधारणमा राजीनामा दिएका थिए । तर शुक्रबारको बैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए ।