श्रम स्वीकृति पुनःपूर्ण स्वचालित बनाइँदै,सात नयाँ देशसँग श्रम सम्झौता गर्ने तयारी
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसबारेमा जानकारी गराएको हो ।
मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित (अटोमेसन) बनाउने तयारी भइरहेको जानकारी दिए । पुनः श्रम स्वीकृतिसम्बन्धी नीतिगत व्यवस्था सुधार गर्ने प्रस्ताव मन्त्रालयमा प्राप्त भइसकेको र यसलाई छिट्टै टुंगोमा पु¥याइने काफ्लेले जानकारी दिए ।
सचिव काफ्लेले अबको एक–दुई दिनभित्र सम्बन्धित अधिकारीहरूसँग छलफल गरी कानुनी तथा प्राविधिक निरूपण गरिने बताए । मन्त्रालयले विभिन्न १०० वटा व्यावसायिक फर्ममा ‘श्रम अडिट’ गर्ने कार्य अघि बढाएको छ, जसअन्तर्गत व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन थप सात मुलुकसँग श्रम सम्झौता गर्न आवश्यक प्रक्रिया पूरा गरी पत्राचार भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: