प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कार्की र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन

१३ श्रावण २०८३

काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।