हाम्रो सभापति शेरबहादुर देउवा होः शशांक कोइरालाहाम्रो सभापति शेरबहादुर देउवा होः शशांक कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताएका छन् ।
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
‘यो भेला किन आयोजना गर्नुपर्याे भने कांग्रेसलाई एकजुट बनाउनलाई हो । यो मेरो कर्तव्य हो । पार्टी एकजुट भएको खण्डमा कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन। त्यसैले यसको मुख्य उद्देश्य यही हो,’ उनले भने ।
कोइरालाले अब देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्ने बताए । उनले भने, ‘शेरबहादुर हाम्रो नेता हो, हाम्रो सभापति हो । उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।’
कोइरालाले निर्वतमान कांग्रेस सभापति शेरबहादुर देउवासँगको आफ्नो पुरानो सम्बन्ध र राजनीतिक यात्राका केही प्रसंगसमेत सुनाए । उनले तत्कालीन समयमा देउवा बनारस आउँदा आफूलाई घुमाउने जिम्मेवारी दिइएको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्: