कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सम्पन्न
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर भइरहेको वडा अधिवेशन प्रक्रियाले तीव्रता पाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिकाअनुसार ५ असोजसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
कांग्रेसले सार्वजनिक गरेको विवरणअनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्कीमा वडा अधिवेशन सम्पन्न भएको छ ।
त्यस्तै, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, बागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
केही जिल्लाका भने निश्चित निर्वाचन क्षेत्र तथा केही वडाको अधिवेशन अन्तिम चरणमा पुगेको छ ।
धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ मा वडा अधिवेशन अन्तिम चरणमा रहेको कांग्रेसले जनाएको छ ।
त्यस्तै, अछाममा तीन वडा, डडेल्धुरामा चार वडा, रुपन्देहीमा तीन वडा र महोत्तरीमा आठ वडा अधिवेशन सम्पन्न हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: