अनुसन्धानदेखि Peer Review सम्म:प्रा.डा.शाहलाई SAIM कलेजद्वारा प्रमाणपत्र प्रदान

२० आश्विन २०८३

काठमाडौं । शैक्षिक अनुसन्धान तथा प्रकाशन क्षेत्रमा योगदान पुर्‍याउँदै आएका प्रा.डा. धर्मेन्द्रकुमार शाहलाई SAIM College अन्तर्गत प्रकाशित SAIM Journal of Social Science and Technology को तेस्रो अंकका लागि Peer Reviewer का रूपमा गरेको योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको छ।

SAIM College ले प्रदान गरेको प्रमाणपत्रमा डा. शाहले जर्नलको अनुसन्धान लेख मूल्याङ्कन गर्ने क्रममा समय, विशेषज्ञता, रचनात्मक सुझाव तथा शैक्षिक योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

जर्नलको सम्पादकीय बोर्डले उनका आलोचनात्मक मूल्याङ्कन र सुझावले अनुसन्धान लेखहरूको शैक्षिक गुणस्तर, मौलिकता, सान्दर्भिकता तथा अनुसन्धान मापदण्ड कायम राख्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ।

सामाजिक विज्ञान, व्यवस्थापन, प्रविधि तथा सम्बन्धित विषयका अनुसन्धान र शैक्षिक गतिविधिलाई अघि बढाउने क्रममा Peer Review प्रक्रियामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनलाई प्रमाणपत्र प्रदान गरिएको हो।
S

AIM College को SAIM Journal of Social Science and Technology को तेस्रो भोल्युमको Peer Reviewer का रूपमा प्रा.डा. शाहको योगदानलाई शैक्षिक अनुसन्धान र ज्ञान निर्माणको क्षेत्रमा महत्वपूर्ण व्यावसायिक योगदानका रूपमा लिइएको छ।

प्रमाणपत्रमा जर्नलका Managing Editor Bishnu Dev Pant, PhD को हस्ताक्षर रहेको छ।