इंग्लिस प्रिमियर लिगमा फुलहम विजयी,टोटनहम ३-० ले पराजित

४ चैत्र २०८०

४ चैत , स्वच्छखवर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हराएको छ ।

घरेलु टोली फुलहमले टोटनहमलाई ३–० गोल अन्तरले हराएको हो । गएराति भएको खेलमा फुलहमका रोड्रिगो मुनिजले दुई र सासा लुकिकले एक गोल गरेका थिए ।

जितसँगै फुलहम २९ खेलबाट ३८ अङ्क सहित तालिकाको १२ औं स्थानमा छ भने २८ खेलमा ५३ अङ्क रहेको टोटनहम पाचौँ स्थानमा छ ।

यस्तै, प्रीमियर लिगकै अर्काे खेलमा बर्नलीले ब्रेन्टफर्डलाई २–१ गोलले पराजित गरेको छ ।