दुई वर्ष पुग्नु एकसाता अघि राजीनामा दिन्छुः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकसाता अघि राजीनामा दिने बताएका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्रीले आफूले कांग्रेससँगको सहमति पालना गर्ने बताएका हुन् ।
यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकसाता अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए ।
उनले भने,’त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ ।’
। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी, र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढङ्गले काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्: