पेरिस ओलम्पिक अन्तर्गतको पुरुष फूटबलमा फ्रान्स सेमिफाइनलमा

१९ श्रावण २०८१

पेरिस ओलम्पिक अन्तर्गतको पुरुष फूटबलमा फ्रान्स सेमिफाइनलमा पुगेको छ । शुक्रबार राति भएको क्वाटरफाइनल खेलमा अर्जेन्टिनालाई  १-० गोलले पाखा लगाउँदै फ्रान्सले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

फ्रान्सलाई जित दिलाउन फिलिपे माटेटाले पहिलो हाफको पाँचौ मिनेटमै निर्णायक गोल गरे ।

यस्तै गएरातिनै भएको अन्य खेलमा मोरोक्कोले अमेरिकालाई ४-०, स्पेनले जापानलाई ३-० र इजिप्टले पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराएको हो ।

अब सेमिफाइनलमा फ्रान्स र इजिप्ट तथा मोरोक्को र स्पेन भिड्नेछन् ।