कोरोनाबाट पाठ नसिक्दा डेंगु फैलियो : गगन थापा

४ आश्विन २०७९, मंगलवार १२:४५

४ असोज,स्वच्छखबर,काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलिएको बताएका छन् ।

मंगलबार नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले डेंगुको प्रकोप फैलिनुमा सरकारको तयारी नहुनु प्रमुख कारण रहेको बताए ।

‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरि खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । ‘ कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो’ उनले भने, ‘कोभिडलगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरुको निर्माणमा खासै चासो दिएको देखिएन ।’

महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरुले पनि आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्ने बताए ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.