पार्किङ हटाएकोमा दरबारमार्गका व्यवसायीको आपत्ति

२० पुष २०७९

२० पुस, स्वच्छखबर,काठमाडौं । काठमाडौंको दरबारमार्गको सडकबाट पार्किङ हटाइएकोमा त्यहाँका व्यवसायी तथा व्यापारीले आपत्ति जनाएका छन् ।

उनीहरुले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा ध्यानाकर्षण पनि गराएका छन् ।

पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर विस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार व्यवसायमा नकरात्मक असर गर्ने उनीहरुले बताएका छन् ।

ट्राफिक प्रहरी, सडक विभाग र काठमाडौं महानगरपालिकासँग विगतमा भएको सहमति अनुसार एक लाइन पार्किङ गर्न पाउनु पर्ने व्यवसायीको माग छ ।

पार्किङ व्यवस्थापनका लागि छलफल गर्न जाँदा महानगरका मेयर बालेन साहले समय नदिएको तर अहिले एक्कासी पार्किङ हटाइएको उनीहरुको आरोप छ ।