कांग्रेस इतर समूहले काठमाडौंमा तोक्यो जिल्ला र क्षेत्रीय संयोजक

२ आश्विन २०८३

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आसन्न १५ औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै काठमाडौँ जिल्ला र मातहतका निर्वाचन क्षेत्रका लागि संयोजकहरू तोकेको छ।

शुक्रबार काठमाडौँको क्षेत्रपाटीस्थित पार्टी प्यालेसमा बसेको इतर समूहको भेलाले महाधिवेशन प्रक्रियालाई विधिसम्मत अघि बढाउने उद्देश्यका साथ जिल्ला र क्षेत्रीय संयोजकहरूको जिम्मेवारी बाँडफाँड गरेको हो।