दादुराले बालकको मृत्यु भएपछि नेपालगञ्जमा खोप लगाउन थालियो
२२ पुष २०७९
२२,पुस,स्वच्छखबर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि बालबालिकामा खोप लगाउन थालिएको छ ।
नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाउन थालिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए वडा नम्बर ५, ७ र ८ मा खोप लगाउन सुरू गरिएको बताए ।
दादुरा देखिएका नेपालगञ्जका ५, ७, ८, ९, १०, ११, १४, १५, २२ का ११ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्: