नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको युएनएचसीआरले गर्यो स्वागत

२७ वैशाख, स्वच्छखबर,काठमाडौं । संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालय ९यूएनएचसीआर० ले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो गहिरो चासो रहेको जनाएको छ ।
अनलाइखबरसँगको कुराकानीमा यूएनएचसीआर कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा नेपाल सरकारले गरिरहेको कामको स्वागत गरेको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् ।
युएनएचसीआर कार्यालयले भुटानी शरणार्थीहरूको सामूहिक पुनर्बास कार्यक्रम सन् २०१६ को ३१ डिसेम्बरमा समाप्त भइसकेको र अब पुनः सञ्चालन नहुने जनाएको छ ।
‘भुटानी शरणार्थीहरूको सामूहिक पुनर्बास कार्यक्रम ३१ डिसेम्बर २०१६ मा नै बन्द भइसकेको छ । साथै, पुनः सञ्चालन हुनेछैन,’ यूएनएचसीआर कार्यालयले इमेलमार्फत भनेको छ, ‘पुनर्बास कार्यक्रम सकिसकेको बारेमा यस कार्यालयले निरन्तर जानकारी दिँदै आएको छ ।’
प्रतिक्रिया दिनुहोस्: