गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु

२६ जेष्ठ २०८०

२६ जेठ, स्वच्छखबर। गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रवार एक बालकको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब पाँचबजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएका थिए । पोखरीमा डुबेर उत्रन नसकेपछि साथीहरुले हारगुहार गरेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिएको थियो ।