शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय संचालकहरुद्वारा विद्यालय बन्दको घोषणा

२३ श्रावण २०८०

२३ श्रावण, स्वच्छखबर, काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका छन् ।

मंगलबार प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका हुन्। आन्दोलनका कार्यक्रम अन्तरगत उनीहरुले साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेका छन् ।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिबद्धता जनाउनुपर्ने बताए । विधेयकको मस्यौदामा निजी विद्यालय ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।