कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा निर्मला लिम्बू नियुक्त

२६ श्रावण २०८०

२६ श्रावण, स्वच्छखबर, विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकी छन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री लिम्बुले शुक्रबारै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिएकी छन् । मुख्यमन्त्री थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गरेका थिए ।