इंग्ल्याण्ड फिफा महिला विश्वकपको सेमिफाइनलमा

२७ श्रावण २०८०

२७ श्रावण, स्वच्छखबर, काठमाडौं । उपाधि दाबेदार इंग्ल्याण्ड फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शनिबार दिउँसो भएको खेलमा कोलम्बियालाई २-१ गोलले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा घरेलु टोली अष्ट्रेलियासँगको भेट पक्का गरेको हो ।

स्टेडियम अष्ट्रेलियामा भएको खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन लाउरेन हेम्प र एलिस्सा रुसोले समान एक-एक गोल गरे । कोलम्बियाको लागि लेसी सन्तोषले एक गोल फर्काइन् ।

अब इंग्ल्याण्डले फाइनल प्रवेशको लागि घरेलु टोली अष्ट्रेलियाको सामना गर्नेछ । अष्ट्रेलियाले आजै भएको क्वाटरफाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ७-६ गोलले हराएको थियो ।