ललितपुर क्रिकेट संघको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

२८ श्रावण २०८०

२८ श्रावण, स्वच्छखबर, ललितपुर । जिल्ला क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा विनय कुमार श्रेष्ठ, सचिवमा सुजन महर्जन र कोषाध्यक्षमा गोविन्दमणि ठकुरी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा किरण श्रेष्ठ, सुजिता श्रेष्ठ मानन्धर, एलिना शाक्य, रोशन राणा, राजेन्द्र खड्का, सुधीर महर्जन, सुन्दर महर्जन, सरोज चित्रकार, प्रशना शाक्य, नरेश राणा र नारायण मल्ल ठकुरी निर्वाचित भएका छन्।

शनिबार सम्पन्न साधारण सभाले १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। अहिले नेपाल क्रिकेट संघले देशभरी चुनावी साधारण सभाका लागि जिल्ला र प्रदेशको निर्वाचन गरिरहेको छ।