नेपाल सुन तस्करीको अखडा सदाका लागि बन्द गर्न पनि उच्चस्तरीय समिति आवश्यकः शेखर कोइराला

२८ श्रावण २०८०

२८ श्रावण, स्वच्छखबर, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक क्वीन्टल सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

आइतबार पार्टीको संसदीय दलको बैठकमा कोइरालाले नेपाल तस्करीको अखडा बनेको भन्दै त्यसलाई सदाका लागि बन्द गर्न पनि उच्चस्तरीय समिति गठन आवश्यक रहेको बताएका हुन् ।

उनले भारतमा १४ सय टन सुनको खपत हुने र ९ सय टन आयात हुने गरेको तथ्यांक पेस गर्दै उनले ५ सय टन सुन नेपालको बाटो हुँदै तस्करी हुने गरेको बताए । उनले एमालेले किन उच्चस्तरीय छानबिन समितिको माग गरेको हो भन्नेबारे सरकारे सोच्न जरुरी रहेको बताए ।

उनले सांसद सुनिल शर्मालाई प्रतिशोध साँधेर अपहरणशैलीमा पक्राउ गरिएको भन्दै आपत्ति जनाए ।