जेड खानीमा पहिरो: २५ जनाको मृत्यु, दुई दर्जन भन्दाबढी अझै बेपत्ता

३१ श्रावण २०८०

३१ श्रावण, स्वच्छखबर, याङ्गुन। म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जन भन्दाबढी अझै बेपत्ता छन् ।

आपतकालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन्। अविरल वर्षा र बाढीका कारण आइतबार काचिन प्रान्तको हपाकान्त सहरको बाहिरी भागमा रहेको जेड खानीमा पहिरो गएको थियो।

उद्धार कार्यका क्रममा २५ जनाको शव निकालिएको एक उद्धारकर्मीले सञ्चारमाध्यमलाई बताए । उनले ३० जना अझै बेपत्ता रहेको र उनीहरूको उद्धारका लागि बुधबार पनि उद्धार कार्य जारी रहने बताए ।

उद्धारकर्मीहरूले शवहरू फेला पार्न माटो सफा गर्नुपरेको थियो भने केही शवहरू पानीमा तैरिरहेका थिए। उत्खननका क्रममा भारी वर्षाका कारण करिब १५०–१८० मिटर ९५००–६०० फिट० अग्लो माटोको थुप्रो भत्किएको उद्धारकर्मीहरूले बताएका छन् ।

सञ्चारमाध्यमका अनुसार वर्षायामका कारण खानी सञ्चालनमा रोक लगाइएको भए पनि बहुमूल्य सामग्री भेटिने आशमा स्थानीय बासिन्दा हिलोमा जम्मा भएको अवस्थामा पहिरो खसेको थियो ।