अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फिफा महिला विश्वकपको फाइनलमा

३१ श्रावण २०८०

३१ श्रावण, स्वच्छखबर, काठमाडौं । घरेलु टोली अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फिफा महिला विश्वकप-२०२३ को फाइनलमा पुगेको छ । बुधबार दिउँसो भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई ३-१ गोलले इंग्ल्याण्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

स्टेडियम अष्ट्रेलियामा भएको खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन इला टोने, लाउरेन हेम्प र एलिसा रुस्सोले समान एक-एक गोल गरे । अष्ट्रेलियाको लागि समान्था केरले एक गोल फर्काइन् । खेलको ३६ औं मिनेटमा टोनेले गोल गर्दै इंग्ल्याण्डलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ६३ औं मिनेटमा समान्थाले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याएकी  हुन् ।

७१ औं मिनेटमा हेम्पले गोल गर्दै इंग्ल्याण्डलाई २-१ गोलको अग्रता दिलाएकी थिइन् । यस्तै ८६ औं मिनेटमा रुस्सोले गोल गर्दै इंग्ल्याण्डलाई जीत दिलाएकी हुन् ।

अब इंग्ल्याण्डले आइतबार हुने फाइनल खेलमा स्पेनको सामाना गर्नेछ ।