एसीसी एसिया कपको लागि भारतीय टोली घोषणा

४ भाद्र २०८०, सोमबार १०:२८

४ भाद्र, स्वच्छखबर, काठमाडौँ ।  १६ औं संस्करणको एसीसी एसिया कपको लागि भारतीय टोलीको घोषणा भएको छ । स्टार खेलाडीद्वय विराट कोहली र रोहित शर्मालाई समेट्दै भारतले सोमबार एसिया कपको लागि टोलीको घोषणा गरेको हो ।

एसिया कपको लागि घोषणा गरिएको टोलीमा केएल राहुल र श्रेयस एयरपनि समेटिएका छन् । घोषित १७ सदस्यीय भारतीय टोलीमा रोहित शर्मा (कप्तान), सुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदिप यादव, मोहम्मद सिराज, मोहम्मद सामी, इशान किसन, सार्दुल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक वर्मा र प्रसिद्ध कृष्ण रहेका छन् ।

एसिया कप ३० अगस्ट देखि १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछ । एसिया कपमा नेपालले पहिलोपटक सहभागिता जनाउँदैछ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । ३० अगस्टमा हुने प्रतियोगिताको उद्धाटन खेलमा नेपाल र पाकिस्तान भिड्नेछन् । नेपालले दोस्रो खेल २ सेप्टेम्बरमा भारतसँग खेल्नेछ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.