सुधारगृह तोडफोड गरी एकसय ५० भन्दा बढी बालबालिका फरार

४ भाद्र २०८०

४ भाद्र, स्वच्छखबर, काठमाडौं । भक्तपुरको सुधार गृहमा तनाव भएको छ । सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो । सोही घटनालाई लिएर सोमबार दिउँसो भएको प्रदर्शनका क्रममा सुधार गृह तोडफोड गरेर एकसय ५० भन्दा बढी बालबालिका भागेका छन् ।

भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सय जना जति बालबालिका भागेका हुन् । विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृहमा तीत सय जना बालबालिका थिए । फरार भएका उनीहरुको खोजी भइरहेको प्रहरील जनाएको छ ।