ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप तीन दिन थुनामा राख्न अनुमति
४ भाद्र २०८०
४ भाद्र, स्वच्छखबर, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाविरुद्ध अनुसन्धानका लागि थप तीन दिनको म्याद थप भएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप तीन दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
यस प्रकरणम सीआईबीले १८ जनालाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा प्रहरीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।
प्रतिक्रिया दिनुहोस्: