इपीएलमा आर्सनलको लगातार दोस्रो जित

५ भाद्र २०८०

५ भाद्र, स्वच्छखबर, काठमाडौं । इंग्लिस प्रिमियर लिग इपीएलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

गएराति सम्पन्न एक मात्र खेलमा आर्सनलले क्रिस्टल प्यालेस लाई १/० ले पराजित गरेको छ ।आर्सनलको लागि कप्तान मार्टिन ओडेगार्डले खेलको एकमात्र गोल गरेका थिए ।

ओडेगार्डले खेलको ५४ औं मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे । जितसँगै आर्सनलले दुई खेलमा दुई जित सहित छ अंक जोडेको छ ।
दुई खेलमा एक जित र एक हार सहित क्रिस्टल प्यालेसले तीन अंक बटुलेको छ ।