जापानको फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट रेडियोधर्मी पानी प्रवाह
७ भाद्र २०८०
७ भाद्र, स्वच्छखबर, जापान । चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ ।
लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा बिहीबारदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ ।
सन् २०११ को सुनामीपछि भत्किएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: