मेस्सीको गोलमा एमएलएसमा इन्टर मियामी विजयी

१० भाद्र २०८०

१० भाद्र, स्वच्छखबर, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले गोल गरेपछि मेजर लिग सकर(एमएलएस)मा इन्टर मियामीले सहज जीत निकालेको छ । आइतबार बिहान भएको खेलमा न्यु वोर्क रेड बुल्सलाई २-० गोलले हराउँदै मियामीले लिगमा छैटौं जीत निकालेको हो ।

रेड बुल एरिनामा भएको खेलमा मियामीलाई जीत दिलाउन डोएगो गोमेज र लियोनल मेस्सीले समान एक-एक गोल गरे । ३७ औं मिनेटमा गोमेजले गोल गर्दै मियामीलाई शुरुवाती अग्रता दिलाएका थिए । ८९ औं मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई २-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै मियामी २३ खेलबाट २१ अंक जोड्दै लिगको १४ औं स्थानमा रहेको छ । दुई खेल बढि खेलेको बुल्स २९ अंक जोड्दै लिगको ११ औं स्थानमा रहेको छ ।