ललिता निवास प्रकरण :संगठित अपराधमा मुद्दा नचलाउने निर्णय, २९० जनाविरुद्ध मुद्दा दायर

१० भाद्र २०८०

१० भाद्र, स्वच्छखबर, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले संगठित अपराधमा मुद्दा नचलाई कीर्ते गरेको अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले(सीआईबी) ले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले कीर्तेमा मात्र मुद्दा चलाइएको हो । यस प्रकरणमा सरकारी कीर्तेमा २९० जनालाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको हो । सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो ।