रोनाल्डोको सानदार प्रदर्शनमा साउदी प्रो लिगमा अल नासरको जित

१३ भाद्र २०८०

३ भाद्र, स्वच्छखबर, काठमाडौं । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानोले दुई गोल गर्दै एक एसिस्ट दिएपछि अल नासरले साउदी प्रो लिगमा सहज जीत निकालेको छ । मंगलबार राति भएको खेलमा अल शाबाबलाई ४-० गोलले हराउँदै अल नासरले लिगमा लगातार दोस्रो जीत निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा अल नासरलाई जीत दिलाउन रोनाल्डोले दुई गोल गर्दा साडियो माने र सुल्तान अल घानमले समान एक-एक गोल थपे । खेलको १३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई खेलमा अगाडि बढाएका थिए । ३८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

४० औं मिनेटमा रोनाल्डोकै पासमा मानेले गोल गर्दा अल नासर सहज जीततर्फ अगाडि बढेको थियो । यस्तै ८० औं मिनेटमा सुल्तानले गोल गर्दै अल नासरलाई ४-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै अल नासर चार खेलबाट ६ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । समान खेलबाट दुई अंक जोडेको अल शाबाब १७ औं स्थानमा रहेको छ