हिरासतमा यातना दिने प्रहरीलाई कारबाही गर्ने गृहमन्त्री श्रेष्ठको आश्वासन

२२ श्रावण २०८०

२२ श्रावण, स्वच्छखबर, काठमाडौं । तामाङ, मगर मुस्लिम समुदायलाई अपमानित ढंगले एक टेलिभिजनमा अधिवक्ता शितल पाण्डेले दिएको विवादास्पद भनाईलाई लिएर कारबाहीको माग गर्दै गरेको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेका प्रदर्शनकारीहरुलाई हिरासतमा गम्भीर यातना दिएको विषयमा छानबिन गरी घट्नामा संलग्न प्रहरीलाई कारबाही गर्ने भएको छ ।

आज नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरु लगायतले संयुक्त रुपमा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई भेट गरी उक्त घट्नाको जानकारी गराई गम्भीर ध्यानाकर्षण गराएका छन् ।

भेटवार्ताको क्रममा गृहमन्त्री श्रेष्ठले आदिबासी जनजातिहरुको आफ्नो जायज माग लिएर भएको शान्तिपुर्ण प्रदर्शन भएको घट्नामा दुख व्यक्त गर्दै, हिरासत भित्र प्रदर्शनकारीहरुलाई यातना दिने प्रहरी र विवादास्पद अभिव्यक्ति दिने पाण्डेको छानबिन गरि आवश्यक कारबाही गर्ने र सम्पूर्ण घाइतेहरुको उपचार राज्यले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।