पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा निर्वाचित

१५ भाद्र २०८०

१५ भाद्र, स्वच्छखबर, काठमाडौँ ।  नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा पारस प्यानलसहित विजयी भएका हुन् ।

पारस अध्यक्षका अर्का प्रतिस्पर्धी उमेश पियालाई ९ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । पारसले २३ मत पाए भने पियाले १४ मत पाए । सङ्घको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् ।

यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ, वसन्तराज सत्याल, र अनुपमान श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् । पारस काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनावमा प्रतिस्पर्धा गर्न प्रतिनिधि बनेका थिए ।