सिंहदरबारमा आगो लगाइदिने मेयर बालेनको धम्की

१६ भाद्र २०८०

१६ भाद्र, स्वच्छखबर, काठमाडौँ ।  बेलाबेला सामाजिक संजालमा स्टाटस लेखेर विवादमा आइरहने काठमाडौं महानगरपालिकाका मेयर बलेन साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् । शनिबार राति सामाजिक संजालमार्फत मेयर साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका हुन् ।

उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’